मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयको बिरोध प्रदर्शन

तातोखबर, जनकपुरधाम / धनुषाको ५ वटा पालिकालाई सेवा दिनेगरी मिथिला नगरपालिकास्थित ढल्केवरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन्।
जनकपुरधामको विकासमा अवरोध खडा गर्नेगरी मालपोत कार्यालय सार्ने निर्णय गरिएको भन्दै मालपोत विरुद्धको संघर्ष समिति गठन गरेर त्यहाँका स्थानीय प्रदर्शनमा उत्रिएका हुन्।
गोप्य रुपमा मालपोत कार्यालय सार्ने विषयमा आफूहरुलाई जानकारी भए लगत्तै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पनि वास्ता नगरेकाले संघर्षमा उत्रिनु परेको संघर्ष समितिका संयोजक रमण सिंहले जानकारी दिएका छन् ।
प्रदर्शनमा उत्रिएका स्थानीय मालपोत कार्यालय धनुषाको काम एक घण्टा अवरुद्ध गर्नुका साथै एक घण्टा चक्का जामसमेत गरेका छन्।
२०७२ साल असोज १४ गते मन्त्रीपरिषद्को निर्णयअनुसार धनुषाको ५ पालिकालाई सेवा प्रदान गर्नेगरी मिथिला नगरपालिकास्थित ढल्केवरमा कार्यालय सार्न लागिएको हो।
सो कार्यालयबाट धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका र बटेश्वर गाउँपालिकालाई सेवा प्रदान गरिनेछ।
यद्यपि संघर्ष समितिले प्रत्येक पालिकामा मालपोतको सेवा प्रदान गर्नेगरी कार्यालय खोलिए मात्रै कार्यालय सार्ने निर्णय आफूहरुलाई मान्य हुने जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस