उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

nirbachan-aayog

तातोखबर, काठमाडौं / उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। सोमबार बेलुकी उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो। अपराह्न ३ बजेपछि सोमबार अपराह्न ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ। तर इलाम र बझाङका निर्वाचन कार्यालयका अनुसार निर्धारित समयभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन।

Advertisement:nirbachan-aayog

यसैगरी मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ। २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

उपनिर्वाचन हुने इलाम-२ मा २० र बझाङ १ (१)मा  १२ जनाले उमेदवारी दर्ता गराएका छन्। २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application