लागुऔषध गाँजासहित तीन जना पक्राउ

pakrau-ganja-weed-arrested

तातोखबर, कास्की / जिल्ला प्रहरी कार्यालय कास्कीले झन्डै १४ किलो गाँजासहित कास्कीका दुई ठाउँबाट तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज विहान पोखरा महानगरपालिका–२७ ताल चोकबाट एकजना पक्राउ परेका थिए । पक्राउ परेका उनि गोरखाको सुलिकोट गाउँपालिका स्थायी घर भएका २४ वर्षीय मदन नेपाली हुन् ।

Advertisement:pakrau-ganja-weed-arrested

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पृथ्वी राजमार्ग हुँदै पोखरातर्फ आउँदै गरेको ग १ च ५१३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा नौ किलो आठसय ग्राम गाँजा बरामद गरेको हो ।

कारको डिक्कीभित्र रातो प्लास्टिकमा पोका पारेर ल्याएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी कसुरमा १० दिन म्याद थप गरी नेपालीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै कास्कीकै अन्नपूर्ण गाउँपालिका-९ मौजाबाट चार किलो एकसय ग्राम गाँजासहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :