उपनिर्वाचन : एमालेका उम्मेदवार सुहाङ नेम्वाङले गराए मनोनयन दर्ता

तातोखबर, काठमाडौँ / प्रतिनिधिसभाको एक सिटका लागि इलाम २ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका छन् ।
सुहाङले शनिबार दिउँसो मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउनु पूर्व उनले राष्ट्रिय विभूति तथा सहिदहरूको शालिकमा माल्यार्पण गरेका थिए ।
मनोनयन दर्ता गराउन जाने क्रममा सुहाङले इलामको रत्नचोकमा रहेको रत्नकुमार वान्तवा र वन वान्तवाको शालिकमा माल्यार्पण गरेका थिए । त्यस्तै सुहाङले राष्ट्रिय विभूतिहरू भानुभक्त आचार्य र शंखधर साख्वाको सालिकमा पनि माल्यार्पण गरेका थिए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । उनको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचनको मतदान हुँदैछ ।
इलाम २ बाट एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको हो । सुहाङलाई सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि समर्थन गरेको छ ।
इलाम २ मा कांग्रेसले २०७९ मंसिरको प्रतिनिधिसभाको निर्वाचनमा पराजित डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस