इलाम -२ मा जनमतका थाम्सुहाङको पहिलो उम्मेदवारी दर्ता

तातोखबर, इलाम /आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो मनोनयन दर्ता गरेको छ।
जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ प्रेमदीपले सुरुमै मनोनयन दर्ता गराएका हुन्। मनोनयन अघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी नेमकिपाले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ।
नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन्। जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन्।
तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन्। गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।
अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली कांग्रेस विपीबाट इलाम–२ मा उम्मेदवारी दिएका थिए। उनले ५४ मत प्राप्त गरेका थिए।
रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। एमालेले भने साढे एक बजे र नेपाली कांग्रेसले साढे दुई बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस