गायक राजेशपायल राईसहित ६ जना पक्राउ

तातोखबर, काठमाडौं / काठमाडौंको देविनगरबाट गायक राजेशपायल राईसहित ६ जना पक्राउ परेका छन्।

गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

Advertisement:

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि उनीहरुलाई पक्राउ प्रहरी वृत्त बानेश्वरले जनाएको छ। उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application