उपनिर्वाचन : कांग्रेसमा उम्मेदवार चयनको विषय पेचिलो बन्दै

sher-bhadur-purna-bhadur-congress

काठमाडौं / आसन्न उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठक बिहीबार पनि बस्दैछ। संसदीय बोर्डको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बोलाइएको छ।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले उम्मेदवार चयनमा सहमति नजिक पुगेको र आजको बैठकले जसरी पनि उम्मेदवार टुंग्याउने बताए। बोर्ड बैठकले उम्मेद्वारको निर्णय गरेपछि त्यसलाई अनुमोदन गर्न दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बस्ने उनले जानकारी दिए।

Advertisement:sher-bhadur-purna-bhadur-congress

यसअघि हिजो दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो। उपनिर्वाचनको उम्मेदवार टुंग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन्।

संस्थापन र इतर समूहबीच सहमति हुन नसकेपछि कांग्रेसमा उम्मेदवार चयनको विषय पेचिलो बनेको हो। यसअघि उम्मेदवार छान्न हिजोको बैठकमा नेताहरुबीच व्यंग्यबाण चलेको थियो।

इलाम–२ मा पार्टी सभापति देउवाले डम्बर खड्कालाई उमेदवार बनाउनुपर्ने अडान लिएका छन्। संस्थापन इतर समूह भेषराज आचार्यको पक्षमा छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application