६७औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै

तातोखबर, काठमाडौं / ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ मंगलबार ६७औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ। २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ।
देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांकले देखाएको छ। यो क्षेत्रमा झण्डै ६० लाख सदस्य रहेका छन् । सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाखलाई अप्रत्यक्ष रोजगारी, कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान गरेको बताइन्छ।
संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तरमा वृद्धि हुन सकेको छैन। धेरै संस्थाको कारोबार जोखिमपूर्ण अवस्थामा रहेको देखिएको छ। सरकारले प्राथमिकता दिएका कृषिजन्य उत्पादन, प्रशोधन, बजारीकरणका साथै सेवा क्षेत्रमा सहकारीले अपेक्षित योगदान दिन सकेका छैनन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस