फेरि बढ्यो पेट्रोलको भाउ, अन्य पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाडौं, १९ चैत / नेपालमा आजदेखि पेट्रोलको भाउ बृद्धि भएको छ । पट्रोलको भाउ प्रतिलिटरमा ४ रुपैयाँले बृद्धि भएको हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत रहेको छ ।

आईतवार मध्यरातदेखि नै लागू हुने गरी पट्रोलको भाउमा प्रतिलिटर ४ रुपैया बढेको र डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मल्य यथावत राखिएको नेपाल आयल निगमद्वारा जारी सूचनमा जनाईएको छ ।

Advertisement:

बृद्धि भएको पट्रोलको मूल्य काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ कायम गरिएको छ भने सुर्खेत र दाङमा १७४ रुपैया कायम गरिएको छ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्ने आयल निगमले जारी गरेको सूचनाामा उल्लेख गरिउको छ ।

इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमका अधिकारीहरुले जानकारी दिएका छन् । यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको भए पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application