देशको मौसमी अवस्था : तराईमा वैशाख २० गतेसम्म अत्यधिक गर्मी हुने

तातोखबर / तराई तथा पहाडी भूभागमा केही दिनयता अधिकतम तापक्रम वृद्धि भइरहेको छ।
तराईका केहि ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
यो क्रम वैशाख २० गतेसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।
महाशाखाले आगामी केही दिनसम्म देशभरको मौसमी अवस्थाको विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेको बताएको छ ।
मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी भैरहवामा वैशाख ८ गते ४३.६ डिग्री तापक्रम मापन भएको छ।
तराईका ती भूभागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ’, विभागको सूचनामा भनिएको छ’, ‘साथै पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना छ।’
यसको असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस