पर्सा प्रहरीले गोली चलाएर एक भारतीयलाई पक्राउ गर्यो

पर्सा, तातोखबर / पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ।
गएराति ११ बजे वीरगञ्ज महानगरपालिका-१६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।
उनी काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भएको प्रारम्भिक अनुमान प्रहरीको छ। प्रवक्ता थापाका अनुसार लाल मोहम्मद हत्यामा उनलाई सम्लग्न देखिएको भन्दै घटनाको थप अनुसन्धान भैरहेको बताए । उनलाई खुट्टामा गोली लागेको थियो । उपचार पश्चात् उनि अहिले प्रहरीको नियन्त्रणमा छन्।
उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर, पेस्तोलदुईथान र त्यसमा प्रयोग हुने गोली समेत बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस