लगानी सम्मेलन आज समापन हुँदै, के-के छन् कार्यक्रम

तातोखबर, काठमाडौं / सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनको दोस्रो तथा समापन दिन सोमबार अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिहरुसँग छलफल कार्यक्रम छ।
हिजोआइतबार देखि शुरु भएको सम्मेलनको दोस्रो दिनको पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयमा छलफल हुनेछ। यहाँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ‘इप्पान’का अध्यक्ष गणेश कार्कीलगायतका वक्ताहरुले आफ्ना कुरा राख्ने छन् ।
‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ,तथा ‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्ना कुरा राख्ने छन्। ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी वक्ता रहेका छन्। यस्तै राष्ट्रिय योजना आयोगका सदस्य प्राडा संगीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राध्यापक डा. सुरेशराज आचार्यलगायतले आफ्ना धारणा प्रस्तुत गर्ने छन् ।
समापन सत्रमा सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन्। समापन मन्तव्य भने अर्थमन्त्री पुनले दिने छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस