सामुदायिक वनमा आगो लगाउने एक व्यक्ति पक्राउ

तातोखबर, बेनी / म्याग्दीको बेनी नगरपालिका-५ पुलाचौरको भीरमुनि सामुदायिक वनमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले आइतवार (आज) पक्राउ गरि सार्वजनिक गरेको छ।
पुलाचौरको भीरमुनि बस्ने ५२ वर्षीय दीपक बानियाँ भनिने दिलबहादुर बानियाँलाई वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
बानियाँले लगाएको आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका थिए। पक्राउ परेका बानियाँलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा म्याग्दीमा पठाइएको प्रहरीले जनाएको छ।
साथै प्रहरीले कसैले वन जंगलमा आगो लगाएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा १०० मा सम्पर्क गर्न अनुरोध गरेको छ।
यसअघि बेनी नगरपालिका वडा नं ६ को खैरेनी सामुदायिक वनमा आगो लगाउने सोही वडाका एकजना युवालाई पनि प्रहरीले पक्राउ गरेको थियो। म्याग्दीमा ३११ सामुदायिक वनमध्ये ११७ वटा सामुदायिक वनमा आगलागी हुँदा एक हजार २ सय हेक्टर वन क्षेत्र जलेर नष्ट भएको छ।
गण्डकी प्रदेश वन निर्देशनालयले प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी म्याग्दीको वनमा क्षति पुगेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु