NTC App - Ad

बझाङ उपनिर्वाचन अपडेट : दोब्बर मतले पछि पर्‍यो कांग्रेस

vote-counting-Bajhang-1

तातोखबर, बझाङ / बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणना जारी छ। पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले १३०३, कांग्रेसका उम्मेदवार अभिशेक सिंहले ६५६, माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३०१ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३७९ मत पाएका छन्। त्यस्तै, राप्रापाका उम्मेदवारले २० मत पाउँदा ६८ मत भने बदर भएका छन्। बझाङमा अहिलेसम्म २७३५ मत गणना भएको छ।

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ। त्यस्तै, बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

Advertisement:vote-counting-Bajhang-1
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :