बझाङ उपनिर्वाचन अपडेट : एमालेका उम्मेदवार दमन भण्डारी दोब्बरले आगाडी

bajhang-vote-counting

तातोखबर, बझाङ / बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणना जारी रहेको छ। पछिल्लो पटक सार्वजनिक मत परिणामअनुसार छविसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को सम्पूर्ण मत गणना भइसक्दा एमालेका उम्मेदवार दमन भण्डारीले ७५७, कांग्रेसका उम्मेदवार अभिशेक सिंहले ३८०, माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले २२६ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन्। त्यस्तै, राप्रापाका उम्मेदवारले ९ मत पाउँदा २८ मत भने बदर भएका छन्।

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ। त्यस्तै, बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

Advertisement:bajhang-vote-counting

प्रतिक्रिया दिनुहोस् :