इलाम–२ अपडेट : कांग्रेसका खड्का अग्रस्थानमा, पछिपछि सुहाङ

तातोखबर, इलाम / इलाम–२ उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। फाकफोक थुम १ र २ नम्बर वडाको मत गणनामा कांग्रेसका डम्बर खड्का १ हजार १४५ मतसहित अग्रस्थानमा रहेका छन्। दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन् ।
रास्वपाका मिलन योङहाङ लिम्बूले २०९ मत पाएका छन्। भने तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बूले ३११ मत पाएका छन् ।
निर्वाचन आयोगबाट आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ।
शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको हो। जिल्लाको फाकफोकथुम गाउँपालिका- १ बाट गणना सुरू भएको छ। फाकफोकथुम-१ मा २४ मतदान केन्द्र थिए। फाकफोकथुममा १६ हजार ३ सय २ कुल मतदाता रहेकामा ९ हजार ६ सय ४ मत खसेको छ।
तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ । त्यस्तै, बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस