बझाङमा ४०० मत गणना संम्पन्न हुँदा एमालेका दमन भण्डारीको अग्रता

nirbacnah-aayog-nepal-tatokhabar-tattatokhabar-tato-khabar-hot-news-breaking-news-election-commission-nepal

तातोखबर, बझाङ / बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जहाँ ४०० मत गणना हुँदा एमालेका उम्मेदवार दमन भण्डारीले १५७, कांग्रेसका उम्मेदवार अभिशेक सिंहले १३२, माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ४७ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत पाएका छन्।

छविसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ बाट मतगणना शुरु भएको हो । त्यस्तै, राप्रापाका उम्मेदवारले १ मत पाउँदा १२ मत बदर भए ।

Advertisement:nirbacnah-aayog-nepal-tatokhabar-tattatokhabar-tato-khabar-hot-news-breaking-news-election-commission-nepal

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ। त्यस्तै, बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

प्रतिक्रिया दिनुहोस् :