ककनीमा पर्यटन मन्त्री तामाङद्वारा होमस्टे कार्यशाला गोष्ठीको उद्घाटन्

ककनी, १५ बैशाख/‘सामुदायिक विकासका लागि ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ बागमती प्रदेश होमस्टे (घरबास) कार्यशाला गोष्ठी २०८१ नुवाकोटको पर्यटकीय स्थल ककनीमा उद्घाटन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तमाङद्वारा पानसमा बत्ति बालेर उक्त गोष्ठीको उद्घाटन गरिएको हो ।

बैशाख १५ र १६ गरी दुई दिन सञ्चालन गरिने उक्त कार्यशाला गोष्ठी उद्घाटन समारोहका प्रमुख अतिथि पर्यटनमन्त्री तमाङले ककनीमा सञ्चालनरत सरकारी स्वामित्वको तारा गाउँ रिसोर्ट होटललाई सुधार गरेर उदाहरणीय आतिथ्य व्यवसायका रुपमा रुपान्तरण गर्ने प्रतिबद्धता ब्यक्त गरे । होमस्टेमार्फत नेपालको ग्रामीण भेगको पर्यटन विकासका लागि सरकारले गर्नु कामको सुझाव दिन होमस्टे पर्यटन विज्ञ एवं अभियान्ताहरुसँग मन्त्री तामाङले आग्रह समेत गरे ।

Advertisement:

समारोहलाई सम्बोधन गर्दै मन्त्री तमाङले भने, ‘प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण हिमाली दृश्य र काठमाडौँ उपत्यकालाई एकै ठाउँबाट देख्न सकिने पर्यटकीय स्थल ककनीमा रहेको तारा गाउँ विकास समितिद्वारा सञ्चालित तारा गाउँ रिसोर्ट होटलसँगै यस संस्थाले ग्रामीण पर्यटन विकासका लागि लिएको लक्ष्य पूरा गर्न मन्त्रालय कटिबद्ध रहेको जानकारी गराउन चहान्छु ।’

काठमाडौंबाट ककनीसम्म पर्यटक ल्याउने सडकमार्गको बर्तमान अवस्थालाई जतिसक्दो छिटो सुधार गर्नका लागि आवश्यक पहल भइरहेको र छिट्टैनै यहाँका पर्यटन व्यवसायीका साथै स्थानीय उपभोक्ताहरुले लाभ लिन सक्ने पनि उनले जिकिर गरे । नेपालमा ग्रामीण पर्यटन विकास गर्न होमस्टे बिस्तार गर्दै रोजगारको अवसर सिर्जना गर्न र देशको अर्थतन्त्र उकास्न सकिने धारणा पनि मन्त्री तमाङले ब्यक्त गरे ।

तारा गाउँ विकास समितिका अध्यक्ष सुरेशराज जोशीको सभापतित्वमा आयोजित होमस्टे कार्यशाला गोष्ठी उद्घाटन समारोहका विशिष्ट अतिथि ककनी गाउँपालिकाका अध्यक्ष सुमन तमाङले ककनीमै यस किसिमको कार्यशाला गोष्ठीको आयोजना गरेर यस गाउँपालिकाको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै तारा गाउँ विकास समितिलाई धन्यवाद दिए । त्यसैगरी उद्घाटन समारोहमा उपस्थित अतिथिहरुले गोष्ठीको सफलताको शुभकामना दिदै यस होमस्ट कार्यशाला गोष्ठीले बागमती प्रदेशको पर्यटन विकासका लागि आवश्यक रणनीति तयगर्न समेत सहजता हुने विश्वास व्यक्त गरेका थिए ।

समितिले यसअघि वितरण गर्न बाँकी रहेको तारा गाउँ विकास समितिको आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ को कार्यक्रम अन्तर्गतको पूर्वघोषित उत्कृष्ट होमस्टे पुरस्कार पनि सोही अवसरमा प्रदान गरिएको थियो । उत्कृष्ट होमस्टे पुरस्कार २०७६ बाट नाम्जे थुम्की सामुदायिक होमस्टे, साँगुरीगढी नगरपालिका ६, धनकुटालाई १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार कार्यशाला गोष्ठी उद्घाटन समारोहमा प्रदान गरिएको थियो भने २०७७ सालको प्रथम पुरस्कार अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे चितवनलाई सम्मान पत्रसहित नगद एक लाख १ हजार रुपैया, द्वितीय पुरस्कार अन्तुडाँडा सामुदायिक होमस्टे, सुर्योदय नगरपालिका, श्रीअन्तु, ईलामलाई सम्मानपत्रसहित नगद पचहत्तर हजार १ सय रुपैया र त्रितीय पुरस्कार कालाबाङ्ग घरेडी सामुदायिक होमस्टे, पोखरा महानगरपालिका २२, कास्कीलाई सम्मान पत्रसहित नगद पचास हजार १ सय रुपैया प्रदान गरिएको थियो ।

होमस्टे महासंघ बागमती प्रदेश कार्यसमितिलगायत ककनी गाउँपालिका र ककनी गाउँपालिकाको वडा नं. ४ को कार्यालयसँग समेत सहकार्य गरी आयोजना गरिएको बागमती प्रदेश होमस्टे कार्यशाला गोष्ठी २०८१ को उदघाटन समारोहमा आयोजक संस्था तारा गाउँ विकास समितिका सदस्य सचिव महेन्द्र थापा मगरले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने होमस्टे महासंघ बागमती प्रदेशका सचिव माधव श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा होमस्टे महसंघका अध्यक्ष प्रेमशङ्कर मर्दनीया थारु, होमस्टे महासंघका संस्थापक अध्यक्ष भीमबहादुर केसीलगायतका अतिथिहरुले मन्तव्य ब्यक्त गर्दै होमस्टे कार्यशाला गोष्ठीको महत्व प्रकाश पारेका थिए ।

उद्घाटन समारोह सम्पन्न भएपछि आजै कार्यशाला गोष्ठी शुरुवात गरिएको थियो । पर्यटन कानूनविद् घनेन्द्रबहादुर श्रेष्ठले तयार पारेको कार्यपत्र प्रस्तुत गरी उक्त कर्यपत्रमाथि सहभागी होमस्टेहरुसहित पर्यटन विज्ञ तथा सरोकारवालाहरुले ब्यापक छलफल गरेका थिए । कार्यपत्रको प्रस्तुतिका लागि भीमबहादुर केसीको अध्यक्षता रहेको थियो भने उक्त कार्यपत्रको टिप्पणीकर्ता पर्यटनविद् डा. अलकबाबु प्रसाई (डा. आलोक) रहेका थिए । सो कार्यक्रमको सहजीकरण पनि होमस्टे महासंघ बागमती प्रदेशका सचिव माधव श्रेष्ठले नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application