चीन र अमेरिकाका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता

wang-blinken-meet

चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बेइजिङमा भेटवार्ता भएको छ।

चिनिया सञ्चारमाध्यमका अनुसार भेटका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘महत्त्व’का विषयमा सञ्चारलाई मजबुत बनाउन तत्परता व्यक्त गरेका छन्।

Advertisement:wang-blinken-meet

चिनिया विदेशमन्त्रीवाङले हाल चीन–अमेरिका सम्बन्ध स्थिर रहेको बताए। ‘सम्बन्धहरू सामान्यतया स्थिर छ, थप बिग्रिनबाट जोगिएका छन्’, उनले भने, ‘तर नकारात्मक कारक अझै बढ्दै छन् र जम्मा भइरहेका छन्।’

वाङले चीनको दृष्टिकोण, अडान र आवश्यकता सँधै एकसमान रहेको बताए। ‘चीन–अमेरिका सम्बन्धलाई मानवताका लागि साझा भविष्यसहितको समुदाय निर्माण गर्ने विश्वव्यापी दृष्टिकोण, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको हित र सहयोगका सिद्धान्तहरूको पालना गर्ने र एक अर्काको मुख्य हितहरूको लागि सम्मान प्रस्ताव चीनले गर्छ।’

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application