गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तातोखबर, गुल्मी / गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिएका छन् ।
गएाित दुर्घटनामा गुल्मीदरबार–४ भट्टेचौरका ३१ वर्षका यमबहादुर सुर्यवंशी घाइते भएका छन्।
गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ को मोटरसाइकल आँफै अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी पोखरेलले बताए। घाइते सुर्यवंशीको पाल्पामा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस