बागमती प्रदेश होमस्टे कार्यशाला गोष्ठी आयोजना गर्दै तारा गाउँ विकास समिति

काठमाडौं, १२ बैशाख / तारा गाउँ विकास समितिले ग्रामीण पर्यटन प्रबद्र्धन तथा विकास गर्ने उद्देशयले बागमती प्रदेश होमस्टे कार्यशाला गोष्ठी–२०८१ आयोजना गने भएको छ । समितिले आगामी बैशाख १५ र १६ गते नुवाकोटको ककनीस्थित तारा गाउँ रिसोर्टको आफ्नै सभाहलमा गोष्ठी सञ्चालन गर्न लागेको हो ।

पर्यटकीय श्रोत र साधनहरुले भरिपूर्ण मुलुक नेपालको ग्रामीण भेगहरुसम्म पर्यटक पुर्याउने र देशको समग्र पर्यटन विकासमा टेवा दिन सक्ने होमस्टेमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले विगतमा सञ्चालन गरिदै आएको कार्यक्रमको निरन्तरताको रुपमा बागमती प्रदेश होमस्टे कार्यशाला गोष्ठी (२०८१) आयोजना गर्न लागिएको तारा गाउँ विकास समितिका अध्यक्ष सुरेशराज जोशीले बताएका छन् । अध्यक्षले जोशीले कार्यक्रमको सबै तयारी पूरा भइसकेको पनि जनाएका छन् ।

Advertisement:

बागमती प्रदेशभित्र सञ्चालनरत सामुदायिक तथा निजी होमस्टेहरुबाट झण्डै ७० जना प्रतिनिधिसहित अन्य पर्यवेक्षकको सहभागिता रहने समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त गोष्ठीको उद्घाटन आगामी बैशाख १५ गते ककनीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले गर्ने कार्यक्रम रहेको तारा गाउँ विकास समितिका सदस्य सचिव महेन्द्र थापा मगरले जानकारी दिएका छन् ।

आयोजना हुन गइरहेको कार्यशाला गोष्ठीमा होमस्टेसँग सम्बन्धित दुई वटा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । पर्यटनविद् डा.अलकबाबु प्रसाई (डा.आलोक) द्वारा ‘होमस्टे प्रवद्र्धनमा तारा गाउँको भूमिका’ र पर्यटन कानूनविज्ञ अधिवक्ता घनेन्द्रबहादुर श्रेष्ठले ‘पर्यटन कानून’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पर्यटन विज्ञद्वय डा. प्रसाई र अधिवक्ता श्रेष्ठका कार्यपत्रहरुमाथि हुने व्यापक बहस एवं छलफलबाट होमस्टे पर्यटन विकासका लागि योजना, नीति तथा रणनीति निर्माणमा टेवा पुग्न सक्ने तारा गाउँ विकास समितिको अपेक्षा रहेको छ ।

समितिले यसअघि वितरण गर्न बाँकी रहेको तारा गाउँ विकास समितिको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को कार्यक्रम अन्तर्गतको पूर्व घोषित उत्कृष्ट होमस्टे पुरस्कार पनि सोही अवसरमा प्रदान गरिने बताईएको छ । उत्कृष्ट होमस्टे पुरस्कार २०७६ बाट नाम्जे थुम्की सामुदायिक होमस्टे, साँगुरीगढी नगरपालिका ६, धनकुटालाई प्रदान गरिने पनि बागमती कार्यशाला होमस्टे कार्यशाला गोष्ठी-२०८१ मूल आयोजक समितिले जानकारी दिएको छ । उत्कृष्ट उक्त होमस्टेलाई उल्लेखित राशिको पुरस्कारसँगै सम्मान पत्रसमेत प्रदान गरिनेछ । त्यसैगरी २०७७ सालको प्रथम, द्वितीय तथा तृतीय उत्कृष्ट होमस्टे पुरस्कार क्रमशः अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे चितवनलाई सम्मान पत्र सहित नगद एक लाख १० हजार रुपैया, अन्तु डाँडा सामुदायिक होमस्टे, सुर्योदय नगरपालिका, श्रीअन्तु, ईलामलाई सम्मान पत्रसहित नगद पचहत्तर हजार १ सय रुपैया र कालाबाङ्ग घरेडी सामुदायिक होमस्टे, पोखरा महानगरपालिका २२, कास्कीलाई सम्मान पत्रसहित नगद पचास हजार १ सय रुपैया प्रदान गरिनेछ ।

पर्यटन मन्त्रालयले ‘होमस्टे कार्यविधि–२०६७’ जारी गरेपछि पछिल्लो समयमा तारा गाउँ विकास समितिले मुख्य गतिविधिमा होमस्टे पर्यटनलाई महत्व दिदै यसको बिस्तार तथा विकासमा उल्लेखनीय कार्यहरु गर्दै आईरहेको छ । त्यसका लागि प्रचारात्मक तथा प्रबद्र्धनात्मक तालिम, स्थानीय सङ्ग्रहालय तथा सामुदायिक भवन निर्माणका लागि विउ पूँजीका रुपमा आर्थिक सहायतासँगै होमस्टे सञ्चालक, स्थानीय समुदाय, पर्यटन विज्ञ, विभिन्न संघ संस्था र सरोकारवाला निकायहरुको सक्रिय सहभागितामा राष्ट्रिय तथा प्रदेशस्तरीय कार्यशाला गोष्ठी, तालिम तथा अन्तक्र्रियामा आधारित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप यस वर्ष पनि बागमती प्रदेश होमस्टे कार्यशाला गोष्ठी २०८१को आयोजना गर्न लागिएको हो ।

बि.स. २०३४ सालमा विकास समिति ऐन २०१३ बमोजिम स्थापना भएको तारा गाउँ विकास समितिले नेपालको ग्रामिण पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआईरहेको छ । समितिलाई समय सापेक्ष अध्यावधिक बनाउदै लैजाने क्रममा तत्कालीन श्री ५ को सरकारवाट २०६१ सालमा पहिलो संशोधन भएको थियो । सोहि संशोधित गठन आदेशमा तोकिएको काम कर्तव्य बमोजिम नै समितिले ग्रामीण पर्यटनको क्षेत्रमा अध्ययन, अनुसन्धान, गोष्ठी, तालिम तथा पर्यटन गन्तव्य प्रवद्र्धन अन्तर्गत होटल तथा चमेनागृह सञ्चालन गदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application