मलाई फसाउनका लागि कांग्रेसले सहकारी प्रकरण उचाल्यो : गृहमन्त्री

rabi-Lamichhane-ilam-chunab-ilam-byelection

तातोखबर, काठमाडौँ / उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई गलत देखाउने उदेश्य लिएर कांग्रेसले सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। कांग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनले बताए। कांग्रेसले माग्दैमा आफूले राजीनामा नदिने जिकिर उनले गरे ।

बुधवार इलाममा आयोजित चुनावी सभामा उपप्रधानमन्त्री लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए।

Advertisement:rabi-Lamichhane-ilam-chunab-ilam-byelection

‘के मैले कांग्रेसले भनेर राजीनामा दिनुपर्ने? नेपालीलाई नक्कली भूटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रीय नेताबाट निकाल्न  कांग्रेस सक्दैन‚’ उनले भने‚ ‘अनि उसले भनेर मैले राजीनामा दिने? मेरो पार्टीमा त इतिहास छ‚ प्रमाणित भएको पनि होइन। त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले सहकारी पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्‍याए। उनले आफू सहकारी पीडितको समस्या समाधानका लागि सरकारमा गएको र समाधान गर्न तयार रहेको दावी पनि गरे।

‘हेक्का रहोस्‚ म भ्रष्टहरुलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन‚’ उनले भने‚ ‘आफ्नो सरकार थियो‚ प्रहरीलाई अनुसन्धान गराए। सहकारी पीडितहरुको पैसा फिर्ता गराउने उनीहरुको उद्देश्य थिएन। उनीहरुलाई रवि लामिछाने गलत देखाउनु थियो‚ रास्वपालाई घेर्नु थियो।’

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application