गर्मी समयमा तातो हावा ‘लू’बाट कसरि जोगिने? के नगर्ने?

तातोखबर, काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीको समयमा चल्ने तातो हावा ‘लू’बाट जोगिन सर्वसाधारणलाई अनुरोध गरेको छ।
मन्त्रालयले तराईका क्षेत्रमा तातो हावासँगै ‘लू’ चलेकाले यसबाट जोगिन सबैसँग आग्रह गरेको छ। ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्याहरु देखापर्ने हुनाले यसबाट जोगिन सबैलाई आग्रह गरेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए।उनले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका समय दिउँसो घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।
“धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्छ, मानिसलाई बेचैन बनाउने गर्छ”, उनले भने, “शरीरमा पानीको मात्रा कम हुँदा मिर्गौला र मुटुमासमेत असर गर्छ।”
कसरि जोगिने
लूबाट बच्न धेरै पानी पिउने, चिसो पानीले नुहाउने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने, हलुका खालको शीतल हुने कपडा लगाउनु पर्छ।
घरबाहिरको काम विहान वा बेलुका मात्र गर्ने, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल, काँक्रोजस्ता ताजा खानेकुरा खाने गर्नुपर्छ।
के नगर्ने
दिउँसो सकभर घरबाहिर ननिस्कने, भान्सामा धेरै समय नबस्ने, बस्नै परेमा प्रशस्त्र मात्रामा पानी पिउने, धुम्रपान तथा मदिरा सेवन नगर्ने, क्याफिनले धेरै पिसाब आउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस