उपनिर्वाचन : आज मध्यरातदेखि प्रचार गर्न नपाईने

तातोखबर, काठमाडौं / इलाम-२ र बझाङ-१ मा हुन गैरहेको उपनिर्वाचनका लागि आज (बुधबार) मध्यरातदेखि प्रचारप्रसार गर्न नपाईने भएको छ ।
वैशाख १५ गते हुने निर्वाचनका लागि राति १२ बजेदेखि प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ।
प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ मा १९ र प्रदेश सभातर्फ बझाङमा १(१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस