महावीर पुनको आविष्कार केन्द्रले बनायो दांत कोट्याउने सिन्का बनाउने मशीन

mahabir-pun-rastriya-abiskar-kendra

तातोखबर / राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै दांत कोट्याउन प्रयोग गरिने सिन्का बनाउने मशीन बनाएको छ ।

यसमा ८ वटा मशीनहरुको सेट रहने छ । यसको मुल्य हाललाई १८ लाख रुपैंया र भ्याट तोकिएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ । “कति जनालाई यो अति नै महँगो भयो जस्तो लाग्ला तर भारतमा बनेको यस्तै मशीन नेपालमा ल्याउँदा सबै कर र ढुवानी लगाएर २५ लाख रुपैंया जति लाग्ने रहेछ ” राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले फेसबुक मार्फत भनेका छन् । भारतमा बनेको मशीनको फोटो र हामीले बनाएको मशीनको भिडियो हेर्नु होस् । राष्ट्रिय आविष्कार केन्द्रमा बनेको यो मशीन किन्दा थप फाइदा भनेको राष्ट्रिय आविष्कार केन्द्रले यसमा एक बर्षको पुरा ग्यारेन्टी दिएको छ ।”

Advertisement:mahabir-pun-rastriya-abiskar-kendra

यो मेशिन किन्न चाहनेले राष्ट्रिय आविष्कार केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् :