सम्पति बेचेर भएपनि साना बचतकर्ताको रकम तिर्न सुरु गर्छौं : गृहमन्त्री

rabi-Lamichhane-ilam-chunab-ilam-byelection

तातोखबर, इलाम / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुन संशोधन गरेर सहकारी पीडितलाई न्याय दिन पहल सुरु गरेको दाबी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानले मंगलबार इलाम २ मा आयोजित चुनावी सभामा सम्बोधनका क्रममा लामिछानेले अहिले कानुनकै कारण सहकारीका ठगहरुलाई कारबाही गर्न नसकिएको बताए ।

Advertisement:rabi-Lamichhane-ilam-chunab-ilam-byelection

आफूले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएर कानुन संशोधन गरी सहकारी पीडितलाई न्याय दिने गरी प्रक्रिया अघि बढेको लामिछानेले बताए ।

‘चाँडै नै नीति ल्याएर, कानुनमा आवश्यक संशोधन गरेर हाम्रो सक्रियतामा सरकारले सहकारी ठगी गरेर भागेकाहरूको सम्पति रोक्का गरेर, तिनको सम्पति सबै बेचेर भए पनि साना साना बचतकर्ताको रकम तिर्न सुरु गर्नेछ।’ लामिछानेले भने, ‘मैले यो कुराको जानकारी प्रधानमन्त्रीलाई पनि गराएको छु।’

अर्काको नाममा सम्पत्ति राख्ने र कानुनबाट उन्मुक्ति पाउनेहरूको सम्पत्ति जफत गरेर पीडितलाई नदिएसम्म आफू राजनीतिबाट नहराउने उनको भनाइ छ।

आफ्नो पार्टी परिणाम ल्याउने गरी काम गर्न सरकारमा गएको उल्लेख गर्दै उनले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताए। डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा पत्र झोलामा बोकेर हिँडेको सुनाउँदै उनले आफ्नो पार्टीका मन्त्रीहरूले एक सय दिनमै उल्लेख्य उपलब्धि हासिल गर्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application