कतारका राजा काठमाडौं आइपुगे

तातोखबर, काठमाडौं / कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन्।
उनी ३ बजेर ३९ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल स्रोतले जनाएको छ।
उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका छन्। विमानस्थलमै उनलाई नेपाली सेनाले २१ तोपको सलामी दिनेछ।
कतारी राजा थानीले आजै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोज आयोजना गरेका छन्।
थानीले भोलि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग द्विपक्षीय वार्ता गर्ने र वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
बंगलादेश हुँदै नेपाल आएका उनी बुधबारै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस