दुई मोटरसाइकल एक आपसमा जुध्दा एकजनाको मृत्यु, तीन घाइते

तातोखबर, झापा / झापाको कचनकवलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। तीनजना गम्भीर घाइते भएका छन्।

कचनकवल गाउँपालिका-६ बनियानीमा शुक्रबार राति दुई मोटरसाइकल ठोक्किँदा वडा नंं ४ का ४१ वर्षीय कृष्णप्रसाद शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement:

केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नम्बर को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल  एक आपसमा ठक्कर खाएका हुन्।

मृतक शाह बीआर३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक हुन्। पछाडि बसेका १४ वर्षीय सन्दीप माझी गम्भीर घाइते भएका छन्।

अर्को मोटरसाइकलमा सवार कचनकवल-६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र ७ बस्ने  २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन्।  घाइतेको उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application