युक्रेन पश्चिमा सहयोगबिना प्रतिरक्षा गर्न नसक्ने अवस्थामा छ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो संघर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता दिन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)सँग आग्रह गरेका छन्। नेटोका रक्षामन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा उनले युक्रेनको आकाश सुरक्षित गरिदिन आग्रह गरेका छन् ।
उनले जमिन र हावाबाट रूसी आक्रमण रोक्न सक्ने आफ्नो सेनाको क्षमताको निराशाजनक तस्वीर प्रस्तुत गर्दै युक्रेनले पश्चिमा सहयोगबिना प्रतिरक्षा गर्न नसक्ने बताए । ‘यो स्पष्ट छ रूससँग हवाइ आक्रमणका लागि शक्ति छ । यसको आक्रमण अब ड्रोन र रकेटमा निर्भर हुन सक्छ, दुर्भाग्यवश, जमीनमा हाम्रो क्षमता सीमित छ’, उनले भने ।
जेलेन्स्कीले अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’मा ६१ अर्ब अमेरिकी डलरको सैन्य सहायता प्याकेजलाई खोलिदिने वा नखोलिदिने भन्ने विषयमा शनिबार भएको मतदानलाई ‘अत्यन्त महत्त्वपूर्ण निर्णय’ भने । रिपब्लिकन पार्टीमा देखिएको राजनीतिक विवादका कारण गत वर्षदेखि नै सहायता वितरणमा ढिलाइ भइरहेको छ ।
रूसी हवाइ आक्रमणका कारण कैयौँको मृत्यु हुनुका साथै घाइते भएपछि युक्रेनी नेताले युक्रेनी शहरको सुरक्षा गर्न र जीवन बचाउन किएभलाई थप हवाइ प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको बताए ।
‘रक्षा गर्न, हामीलाई थप सात ‘प्याट्रियट्स’ वा यस्तै हवाइ रक्षा प्रणाली चाहिन्छ र यो न्यूनतम सङ्ख्या हो । ती हतियारले धेरै युक्रेनी जीवन बचाउन सक्छन् र स्थिति परिवर्तन गर्न सक्छन्’, नेटो-युक्रेन परिषद्को बैठकमा जेलेन्स्कीले भने ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस