NTC App - Ad

एसीसी प्रिमियर कप: नेपालले यूएईलाई जितका लागि १२० रनको लक्ष्य दियो

nepal-lost-odi-match

तातोखबर / ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई जितका लागि १२० रनको लक्ष्य दिएको छ।

नेपालले ९ विकेट गुमाएर जम्मा ११९ रन मात्र बनाउन सफल भयो ।

Advertisement:nepal-lost-odi-match

टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।

यसअघि सन्दिप जोरा अर्धशतक बनाएर आउट भए भने २० रन बनाएर गुलशन झा आउट भए । करण केसी १७, आशिफ शेख, कप्तान रोहित पौडेल ५, दिपेन्द्रसिंह ऐरी ५ रन,  कुशल मल्ल ३ ,सोमपाल कामी २ र कुशल भुर्तेल शून्यमा आउट भएका थिए ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :