भारतीय लोकसभा चुनाव आजदेखि

काठमाडौं / भारतमा संघीय संसद्को तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान हुँदैछ। सातचरणमा हुने मतदानको अन्तिम परिणाम भने आगामी जुन ४ मा आउनेछ।
पहिलो चरणअन्तर्गत २१ राज्य र केन्द्र शासित प्रदेशका १ सय २ स्थानका लागि मतदान हुनेछ। पहिलो चरणअन्तर्गत मतदान हुने २१ राज्य र केन्द्र शासित प्रदेशमध्ये १० वटा राज्य र केन्द्र शासित प्रदेशका सम्पूर्ण निर्वाचन क्षेत्रमा र बाँकी ११ वटाका केही मात्र निर्वाचन क्षेत्रमा मतदान गरिनेछ।
मतदान बिहान ७ बजेदेखि सुरु भएर साँझ ६ बजे सकिने भारतको निर्वाचन आयोगले जनाएको छ। पहिलो चरण अन्तरगत अन्डमान निकोबार टापु, अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, जम्मुकश्मिर, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नगाल्याण्ड, पुडुचेरी, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु