अष्ट्रेलियाकी एली पेपरले गरिन् अक्सिजनबिनै अन्नपूर्णको सफल आरोहण

ali-paper-aanapurna-1-climb

तातोखबर, काठमाडौँ / अष्ट्रेलियाकी महिला आरोही एली पेपरले अक्सिजनबिनै विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन्।

पेपरले उनका पर्वतारोहण गाइड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालको शिखरमा पाइला टेकेको जानकारी दिइन्।

Advertisement:ali-paper-aanapurna-1-climb

पेपरले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यबारे सुनाइन्। २ वर्षभित्र विश्वका ८ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य लिएकी उनले अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसँगै ८ हजार मिटर अग्ला ३ वटा हिमाल सफलतापूर्वक आरोहण गरेकी छन्।

उनले यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजनामा छन् त्यसपछि मकालु हिमाल आरोहण गर्ने उनको लक्ष्य रहेको छ।

विस्तारै एकपछि अर्को गरि ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्दै जाने र आफूले तोकेको समयभित्रै १४ वटै हिमालहरूको चुचुरोमा पाइला टेक्ने पेपरको भनाइ छ।

सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पाका अनुसार पेपरले उनको कम्पनीमार्फत अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी हुन्। पेपरले यति उमेरमा महिला पर्वतारोहीले यसरी बिना अक्सिजन विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये ३ वटा हिमालको आरोहण गर्नु ठूलो कुरा रहेको शेर्पाको भनाइ छ।

बिना अक्सिजन विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालका चुचुरामा पुग्ने आफ्नो सपना पूरा गर्न उनी गएको मार्चको पहिलो हप्ता टिमसहित काठमाडौँ आइपुगेकी थिइन्।

उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरू आरोहण गर्न सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी हुन्।

यससँगै ४८ वर्षीया पेपरले चुनौती सामना गरिरहेका महिलाहरूलाई आफ्ना चुनौतीहरु पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन्।

यसअघि उनले विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये २ वटा हिमालको अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरिसकेकी छन्। सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८ हजार ५२ मिटर) र विश्वको पाँचौँ अग्लो हिमाल मनास्लु (८ हजार १६३ मिटर) को सन् २०२३ सेप्टेम्बर २८ तारिखमा अक्सिजन प्रयोग नगरी सफल आरोहण गरिसकेकी छन्।

सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी उक्त हिमाल आरोहण गर्ने पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन्।

उनको आफ्नै आरोहण शैलीका कारण उनले लक्ष्य राखेको समयमै हासिल गर्नेमा कुरामा विश्वस्त छन्। उनले लक्ष्यका लागि शारीरिक रूपमा मात्र नभएर मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा पनि आफूलाई तालिम दिइरहेकी छन्। यही सबै कुराले आफूलाई प्रेरित गरेको उनको भनाइ छ।

हालसम्म ६ जनाले मात्र अक्सिजन बिना विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेका छन्।

त्यसमा पनि विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको मुख्य चुचुरोमा पुगेका भने २ जनामात्र छन्, उनीहरूलाई त्यसका लागि १६ वर्ष लागेको थियो।

विश्वमा ६ जनाले सफलतापूर्वक १४ वटा हिमाल आरोहण गरिसकेकोले पनि उनमा आफ्नो लक्ष्यसम्म पुग्ने विश्वास देखिन्छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application