ट्राफिक जनचेतना र्‍यालीमा गृहमन्त्री, रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्सदिनु गलत

rabi-lamichhane-traffic

तातोखबर, काठमाडौं / गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा आज ट्राफिक जनचेतना र्‍याली निकालिएको छ।

काठमाडौंको सुनधाराबाट सुरु भएको र्‍याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह सम्म पुगेको थियो।

Advertisement:rabi-lamichhane-traffic

ट्राफिक नियमबारे जनचेतना फैल्याउने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो।

र्‍यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए। र्‍यालीमा विद्यार्थी, सामाजिक अभियन्ता तथा प्रहरीहरूको सहभागिता रहेको थियो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान– २०८१’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सवारीचालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी गलत भएको दाबी गरे। गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको बताए।

उनले सवारीसाधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको स्पष्ट पारे। गृहमन्त्री लामिछानेले सीपबिना रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गरे। उनले सडक दुर्घटनामा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिए।

उनले ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्ने कुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको बताए।

लामिछानेले भने, ‘दुर्घटना न्यूनीकरण राज्यको दायित्व हो। नागरिकको ज्यान बचाउनु सबैभन्दा ठूलो दायित्व हो। सुरक्षित ढङ्गले सवारी सञ्चालन हाम्रो लागि प्राथमिकता हुनुपर्छ। म त भन्छु रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ। त्यो ठिक छैन। त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ। सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्नसक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु।’

उहाँले दुर्घटना न्यूनीकरण राज्यको दायित्व भएको भन्दै नागरिकको ज्यान बचाउनु सबैभन्दा ठूलो दायित्व भएको बताए। उनले सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application