लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीको चुनौती

तातोखबर, काठमाडौँ / नेपालका धावक गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्।
यस संस्करणको लण्डन म्याराथन आगामी अप्रिल २१ मा शुरु हुँदै छ। १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा पाँच हजार मिटर दौडमा स्वर्णपदक विजेता गोपीचन्द्रले यसपटक नेपालका तर्फबाट चुनौती प्रस्तुत गर्ने छन् ।
त्यसका लागि धावक गोपीचन्द्र शुक्रवार बेलायत प्रस्थान गर्दै छन्। बुधवार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ र नेपालगञ्ज म्याराथनका अध्यक्ष टंकसिंह ठकुरीलगायतले गोपीचन्द्रलाई बिदाइ गरे।
उनी नवौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लण्डन म्याराथनका लागि छनोट भएका हुन्। नेपालगञ्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा विजेतालाई लण्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो।
गत मंसिर नेपालगन्ज म्याराथन म्याराथन जितेयता गोपीचन्द्रले लण्डन म्याराथनको तयारी गरिरहेका थिए। उनी एपिएफका खेलाडी हुन्।
नेपालबाट छनोट भएर पहिलोपटक कुनै पनि धावक लण्डन म्याराथनको इलिटतर्फ प्रतिस्पर्धा गर्न लागेको हो। लण्डन म्याराथनको विभिन्न विधामा गरेर पाँच लाख ६० हजार मानिस दौडनेछन्। इलिटमा भने करिब ५० हजार धावक रहनेछन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस