वैशाख १५ र १६ मा नेकपा (एस) मकवानपुरको जिल्ला अधिवेशन हुने

मकवानपुर / नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला अधिवेशन आगामी १५ र १६ बैशाखमा हुने भएको छ ।
पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मितिबारे निर्णय लिएको हो । अधिवेशन हेटौडा उपमहानगरपालिका वडा नं.४ स्थित रोयल पार्टी प्यालेशमा हुनेछ ।
पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेतको प्रमुख अतिथ्यता तथा पार्टी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको हो । बैठकका प्रमुख अतिथी बस्नेतले पार्टीले कृयाशील सबै सदस्यलाई उत्तिक्कै उचित अवसर र मौका दिने बताए ।
बैठकमा पोलिटब्युरो सदस्य घन प्रसाद गौतम, केन्द्रिय सदस्य एवं पार्टी मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रिय सदस्य राजाराम स्याङतानको विशेष आतिथ्यता थियो ।
बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सिग्देलले नेकपा एसका नेता तथा कार्यकर्तालाई पार्टीको नीति र विधिमा रही अधिवेशनमुखी अभियान अघि बढाउन निर्देशन दिएकी छिन् ।
पार्टीको जिल्ला कमिटिको विस्तारित बैठक यही २८ चैतमा बस्ने पनि आइतबारको बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस