निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
हेटौंडा–नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभा भोलि शुक्रबारबाट बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु हुँदैछ । दुइदिनसम्म चल्ने साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।
बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महासंघले हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने लागेको साधारणसभामा देशभरबाट करिब एक हजार एक सय जना प्रतिनिधि र ५ सय जना पर्यवेक्षक सहभागी हुने जनाएको छ । २५ औं साधारणसभा समस्त निर्माण व्यवसायीहरुको सीप, दक्षता, क्षमता र गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण सावित हुने विश्वास गरिएको अध्यक्ष रवि सिंहले बताए । महासंघको साधारणसभामा निर्माण उद्योगमा देखिएको चुनौतीको बारेमा छलफल गरी निर्माण उद्योगको विकास र विस्तारका लागि साधारणसभाले गरेको निर्णयसहित हेटौंडा घोषणापत्र जारी गरिने उनले बताए ।
साधारणसभाकैबीचमा निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरुको लेख रचना रमहासंघको गतिविधि समेटिएको निर्माण विशेषांक स्मारिकाको विमोचन गर्ने कार्यक्रम राखिएको छ । निर्माण उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिने निर्माण व्यवसायीलाई सम्मानसमेत गरिने महासचिव रोशन दाहालले बताए ।
साधारणसभा सम्पन्न गर्नका लागि महासंघ अध्यक्ष सिंहको संयोजकत्वमा मुल आयोजक समिति र विविध उपसमितिसमेत गठन गरिएको छ । साधारणसभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु पनि राखिने बताइएको छ । महासंघको साधारणसभा उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, सहरी विकास मन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायत सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

