आजबाट एसईईमार्फत ५ लाखभन्दा बढी विद्यार्थीको शैक्षिक गुणस्तर जाँच हुदै

काठमाडौं, १५ चैत / नेपालको शैक्षिक क्षेत्रमा फलामे ढोकाका रुपमा हेरिदै आएको २०८० सालको एसईई परीक्षा आजबाट शुरु हुदैछ । एसईई परीक्षा आगामी चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ ।
आज विहिवारदेखि सञ्चालन हुने उक्त परीक्षामा सामुदायिक र संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयहरुबाट कुल ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्ष जम्मा २ हजार ६४ परीक्षा केन्द्र सञ्चाल हुने परीक्षा केन्द्रहरुमा २ लाख ५३ हजार ६ सय २७ छात्र र २ लाख ५० हजार ७ सय ७२ छात्राका साथै अन्य १५ परीथार्थीहरु सहभागी हुने बोर्डद्वारा दिईएको जानकारीमा उल्लेख गरिएको छ ।
कुल विद्यार्थीहरुमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ प्राविधिक परीक्षार्थी समेत सहभागी हुने यस परीक्षा सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको पनि बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिएका छन् । सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४ सय ४१ वटा निर्धारण गरिएको छ । नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ ।
यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो । यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ । यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुने छ भने ७५ अङ्कको मात्रै सैद्धान्तिक परीक्षा हुने छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु