नेपालका सबै युवा अटाउने उद्योग कृषि नै भएको व्यवसायी न्यौपानेको दृष्टि

काठमाडौं, १५ चैत्र/ नेपालका सबै युवा अटाउने उद्योग कृषि नै भएको एक व्यवसायीले दावी गरेका छन् । एउटा फरक किसिमको कृषि उपज लिएर नेपाली आम उपभोक्तामाझ उदाएका राजा च्याउका उत्पादक दीपक न्यौपानेले यस्तो दावी गरेका हुन् ।

विदेशी वस्तु नेपाल भित्र्याएर व्यपार गरी नेपालमा विदेशी विदेशी उद्योगलाई पोष्नुभन्दा स्देशमा भएको श्रोत, साधन र पुँजी परिचालन गरी निजीस्तरबाटै राज्यलाई योगदान पु¥याउनमा राष्ट्रप्रतिको भावना भएको कारणले आफूले विदेशी प्रविधि र उपकरणको माध्यमबाट कृषि प्रणालीमा सुधार ल्याउने र कृषि उत्पादनका लागि भरपर्दो कृषि बजार स्थापित गर्न आफ्नो ध्यान केन्द्रित भएको व्यवसायी दीपक न्यौपानेको भनाई रहेको छ । नेपाललाई कृषिप्रधान देश भनिएपनि गराईका लागि नाममात्रका उद्यममी देखिएकाले आफूले यो विषयलाई उच्च महत्वका साथ लिएको व्यवसायी न्यौपाने बताउँछन् ।

Advertisement:

कृृषकहरुले निकै ठूलो परीश्रम गरेर उत्पादन गरेका कृषि उपजको बजार विचौलियाहरुले विथोलेको ब्यापक गुनासो सनिदै आएकोमा अब कृषकका उत्पादनहरु सिधै उपभोक्तासम्म पु¥याउन उपभोक्ता र कृषक दुवै पक्षलाई लाभ प्रदान गर्न सकिने गरी आफूहरुले नै कृषि बजार सञ्चालनमा ल्याएका उद्यमी दीपक न्यौपानेले कृषक ग्रुप प्रा.लि. नामक व्यावसायिक कम्पनी सञ्चालन गर्दै आईरहेका छन् । झण्डै आधा दर्जन जति कृषि उपज सङ्कलन तथा वितरण केन्द्रहरु सञ्चालनमा रहेको पनि उनी प्रष्ट पार्छन् ।

आफू साकहारी उपभोक्ता भएको कारण नेपाली बजारमा आफू जस्ता उपभोक्ताहरुलाई लक्षित गरी साकहारी खाद्य उतपादनको सम्भावना खोज्दै उनले कृषि व्यवसायको नयाँ रोजाई च्याउ उत्पादनलाई लिएका हुन् । छिमेकी मुलुक चीनबाट नेपालमा मेशीनरी उपकरहरुको आयात तथा विक्री वितरण व्यवसाय सञ्चालन गर्ने क्रममा चीनमा देखिएको सहजरुपमा वर्षभरीका सबै दिन उत्पादन गर्न सकिने किसिमको च्याउ उत्पादनमा आफ्नो ध्यान केन्द्रित भएको उनी बताँउछन् ।

‘क्यान मसरुम र टनेल प्रविधिबाट उत्पादन हुने च्याउहरु पनि पाईने नेपाली बजारमा हामीले विशेष किसिमको अध्यान गर्यौं र अन्य व्यपारका शिलशीलामा चीन भ्रमण जाँदा देखिएको राजा च्याउको उत्पादन र बजार नेपालमा नेपालमा पनि सञ्चालन गर्न सम्भव छ भन्ने लागेपछि हामी यो च्याउको ब्यावसायिक उत्पादनमा केन्द्रित भएका हौं’ उद्यमी न्यौपाने भन्छन् ‘नेपालमा क्यान मसरुमलाई विस्थापन गर्न र वर्षको ३ सय ६५ दिन नै उत्पादन हुन सक्ने च्याउको उत्पादनमा हामी लागिपरेका हौं ।’ यो परियोजना सम्पन्न गर्न ठूलै आर्थिक लगानी व्यवस्था गर्नुपर्ने भएपछि लगानी गर्न सक्ने लगानीकर्ताहरुको संलग्नतामा आफूले यो च्याउको उत्पादन नेपालमा शुरु गर्न सफल भएको उनी बताउँछन् ।

किङ्ग वयस्टर (King oyster mushrooms) च्याउको नामले विश्वको खाद्य बजारमा चिनिने यो नेपालमा ‘राजा च्याउ’ नाम दिएर उत्पादन शुरु गरिएको र यो च्याउ मासुबाट तयार पारिने स्वादिष्ट खाद्य परिकार जति छन् त्यति नै थरिका खाद्य परिकार बनाएर सेवन गर्न र गराउन सकिने व्यवसायी दीपक न्यौपानेको दावी छ । नेपालमा यो च्याउको व्यावसायिक उत्पादन हुन शुरु गरेयता आफ्ना उत्पादनहरु विदेशी बजारसम्म पनि माग भएको र कम मात्रामा मात्रै निर्यात गर्न सकिएको उनी बताउँछन् । भारतमा समेत यसको व्यवसायिक उत्पादन नहुदै नेपालमा यो च्याउको उत्पादन शुरु गरिएकोमा नेपाल सरकारले यो उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा उत्पादक न्यौपाने जोड दिन्छन् ।

नेपालमा उत्पादन हुने नेपाली बजारमा नै ताजा च्याउका पारखीहरुको माग बढ्दै गएको र यसको उत्पादनमा अझ लगानी बढाएर क्यान मसरुम विस्थापन गर्नु पर्ने उनी बताउँछन् । आफूहरुले उत्पादन गरेको च्याउ ‘राजा च्याउ’ लाई किङ वयस्टर किन भनिएको रहेछ ? भन्ने विषयमा सूक्ष्म अध्ययन गर्दा अन्य च्याउभन्दा ठूलो आकारमा तयार हुने, अत्यन्तै पोषिलो, उत्पादन गर्दा नै यसको प्राविधिक उपकरण र प्रविधिको मापदण्ड पुर्याउन धेरै नै ध्यान पुर्याउनु पर्ने नत्र च्याउ उत्पादन नै नहुने, यसको उत्पादन स्थलमा जाँदा पनि प्रविधिमा काम गर्ने जनशक्तिले मुखमा दोब्बर मास्क लगाएर मात्रै प्रवेश गर्ने र काम गर्नु पर्ने, यो च्याउ उत्पादन प्रकृयामा उमाल्ने र भण्डारण गर्ने स्थल अत्यान्तै सुरक्षित हुने पर्ने, वातावरणीय सुद्धता नभई नहुने जस्ता विधिहरुले गर्दा यो च्याउ अति स्वस्थकर सावित हुने उनको भनाई छ ।

राजा च्याउ नेपाली उपभोक्ताहरुका लागि नयाँ च्याउ भएकोले यसको परिकार तयार गर्ने र सेवन गर्ने विधि पनि नयाँ भएकोले यसको परिकार तयार गर्न र सेवन गर्न उपभोक्ताहरुलाई सिकाउने क्रममा आफूहरु रहेको व्यवसायी न्यौपाने बताउँछन् । विशेष गरी नेपालका ठूला होटल तथा रेष्टुरेण्टहरुले यो च्याउ माग गरिरहेको जानकारी दिदै व्यवसायी न्यौपाने भन्छन् ‘यो च्याउको उत्पादन शुरु हुनुअघि नेपालका होटल तथा रेष्टुरेण्टहरुमा राखिने परिकारका सूचीहरुमा यो च्याउको नाम देख्न नपाईएको र अहिले कतिपय होटल तथा रेष्टुरेण्टका मेनुहरुमा यो च्याउबाट तयार हुने परिकारका नामहरु देख्न सकिन्छ ।’

अन्य च्याउ उत्पान गर्दा तेलहनजन्य पदार्थका पीना, गहुँको पिठो, चोक्कर, अन्य खाद्यान्नको पीठोहरुको प्रयोग नगरिने तर राजा च्याउ उत्पादनमा यस्ता वस्तुहरु प्रयोग गरिने हुँदा यो च्याउ उच्च पोषणयुक्त हुने उद्यमी दीपक न्यौपानेको दाबी छ । बजारमा उपलब्ध हुने कम लागतमा उत्पादित च्याउको तुलनामा आर्थिक लगानी र प्रविधिको कारणले उपभोक्ता मूल्य निकै महङ्गो पर्ने भएपनि नेपाली बजारमा यो च्याउ विस्तार गर्नुपर्ने भएकाले हालसम्म यसको उपभोक्ता मूल्य स्वभाविक रुपमा मात्र कायम गरिएको उत्पादक न्यौपाले जानकारी दिएका छन् । उनको भनाईअनुसार प्रतिकिलो ४ सय रुपैयासम्ममा आम उपभोक्ताले यो च्याउ खरिद गर्न सक्छन् । ठूलो आकारको च्याउ भएको हुँदा यसबाट मासुबाट तयार गरिने तन्दुरी, सेकुवा, चिल्लीदेखि लिएर माछाको परिकार बनाउन मिल्ने सबै प्रकारका परिकार बनाउन सकिने उनी बताउछन् । पकाउँदा पनि नगल्ने, आकार अन्य च्याउको आकारभन्दा यो च्याउको आकार निकै ठूलो हुने हुँदा यसलाई काटेर विभिन्न आकार दिन सकिने भएकोले यो च्याउबाट धेरै प्रकारका खाद्य परिकार निर्माण गर्न सकिने उद्यमी न्यौपानेको भनाई छ ।

तयारी पोशाक उद्योगमा समेत अत्याधुनिक प्रविधिसहित आर्थिक लगानी गरी उद्यमी बन्ने अभ्यास गरेका दीपक न्यौपानेले झण्डै ८ वर्ष उद्योग सञ्चालन गर्नेक्रममा नेपालमा २०७२ सालमा आएको महाभूकम्पले उनको उद्योग क्षतविक्षत बन्न पुगेपछि नेपालको माटो र हावापानी सुहाउने उद्योग कृषि हुन सक्ने सम्भानालाई नजिकबाट अध्ययन गर्दै खस्किदो अवस्थामा रहेको नेपालको कृषि व्यवसायमा केन्द्रित हुने निधोमा आफू पुगेको बताउँछन् । विदेििशने मनस्थितिमा रहेका देशका सबै युवा अटाउन सक्ने प्रणाली विकास गर्ने उद्देश्यले उनले कृषिमा आधारित उद्योग तथा बजार स्थापना गर्न पुगेका उनी नेपालमा सबैभन्दा भरपजर्दो आयश्रोत र सबभन्दा ठूलो रोजगारको सम्भावना भएको क्षेत्र कृषि उद्योग नै देख्छन् ।

वि.सं. २०३६ साल साउन २५ गते पाल्पा जिल्लाको जल्पामा जन्मिएका दीपक न्यौपाने नेपाली युवालाई स्वदेशमा नै रोकेर देशको उत्पादन शक्ति विकास गर्ने अभियानमा जुटेका छन् । किशोरावस्था नवलपरासीको वर्दघाटमा बिताएका उनले माध्यमिक तहको शिक्षा पार गरी उच्च शिक्षा आर्जन गर्ने क्रममा एक आमसञ्चार गृहको बजार व्यवस्थापनका विभिन्न व्यावसायिक फर्महरुको लेखा परीक्षण सहयोगीको भूमिका काम गरेर समेत आर्थिक विकासको विषयमा अनुभव हासिल गर्दै हाल आएर किसानहरुको उत्पादनको बजार विस्तारमा स्वदेशमा नै उदाहरणीय काम गर्दै आईरहेका छन् । झण्डै एक दशक विभिन्न व्यावसायिक प्रतिष्ठानहरुमा सेवा गरेर रोजगारीको अवसरलाई सदुपयोग गरेका न्यौपानेको समाज सेवामा पनि उतिकै सहभागिता रहेको छ । कुनै पनि सामाजिक सेवा संस्थाहरुमा पदबाहिर बसेर पनि सेवा गर्न सकिने उनको मान्यता छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application