अष्ट्रेलियामा नेपाली खानाको प्रबद्र्धन

अष्ट्रेलिया, १२ चैत्र/नेपाली खानाको अष्ट्रेलियामा प्रबद्र्धनका गतिविधिहरु तीब्र रुपमा भईरहेको छ । नेपाली खानालाई विदेशीले निकै नै मनपराउने गरेको पाईएकोले पान्स अन फायर नामक रेष्टुरेण्ट अष्ट्रेलियाका विभिन्न शहरहरुमा विस्तार नेपाली खानाको प्रबद्र्धन भईरहेको हो ।

नेपाली समुदायका अगुवाहरुले नेपाली मौलिक खानालाई अष्ट्रेलियामा प्रबद्र्धन गर्ने अभियान विभिन्न शहरहरुमा खानाको स्टलहरु सञ्चालन गर्दै प्रबद्र्धनको कार्य शुरु गरिएको अभियान्ता एवं पान्स अन फायर रेष्टुरेण्टका सञ्चालक शिव अमात्यले बताएका छन् । एक दशकअघिसम्म नगन्य नेपाली रेष्टुरेण्टहरु सञ्चालन हुदै आएको अष्ट्रेलियामा नेपाली मौलिक खानाको प्रभाव बढ््दै गएसँगै त्यहाँ रहेका आतिथ्यता व्यवसाय विस्तार भईरहेको भान्छा व्यवस्थापक शिव अमात्यले जानकारी दिएका छन् ।

Advertisement:

भान्छा व्यवस्थापक शिव अमात्यले नेपालमा पारिवारिक व्यवसाय आतिथ्यता नै भएकोका कारण यसमा अनुभव अभ्यासलाई आधुनिक पाक शिक्षामा केन्द्रित गरेर यससम्बन्धी त्यहाँको औपचारिक आतिथ्यता शिक्षा पूरा गरी भान्छा व्यवस्थापकका भूमिका निर्वाह गर्दै आएका हुन् । नेपालबाट अष्टे्रेलिया पुगेका उनले विभिन्न रेष्टुरेण्टमा मजदूरका रुपमा काम गदैै भान्छा व्यवस्थापन त्यहाँको व्यवसाय सञ्चालसम्बन्धी ज्ञान र सीप बटुलेपछि आफ्नै स्वामीत्वमा नपाली मौलिक खानाको रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । तीन वर्षअघि आफ्नै लगानीमा यस किसिमको व्यवसाय सञ्चालनमा ल्याएसँगै उक्त रेष्टुरेण्टको सञ्जाल विस्तार गर्न थालेको अमात्ये बताउँछन् ।

अष्ट्रेलियाको ठूलो शहर मेलबर्नबाट १ घण्टाको सवारी यात्रामा पुग्न सकिने एउटा सानो बजारक्षेत्र वारीबीबाट रेष्टुरेण्ट स्थापना गरी सञ्चालन गर्न शुरु गरिएको व्यवसायलाई मेलबर्न नजिकैको सुन्दर वस्ती जीलनमा विस्तार गरी अर्को नेपाली मौलिक खानाको रेष्टुरेण्ट सञ्चालनमा ल्याएर नेपाली खानाको अष्ट्रेलियामा अभियानकै रुपमा प्रबद्र्धन गर्न शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application