मकवानपुरको बागमतीमा बाघले ४ वटा गाई मार्याे

मकवानपुर / मकवानपुरमा बाघले चारवटा गाई मारेको छ । बागमती गाउँपालिका ७ मनसाही जरायोटारस्थित मनकामना सामुदायिक वनमा चरनामा रहेका चारवटा गाईलाई बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्थानीय ६५ वर्षीय रुद्रबहादुर रानाले चैत ९ गते चारवटा गाई चराउनका लागि मनकामना सामुदायिक वनमा छाडेकोमा गाई गोठमा फर्केर नआएपछि खोजी गर्ने क्रममा मरेका गाई भेटिएका हुन् ।
आज सोमवार सामुदायिक वनमा गाईको शरीरको पछाडिको भाग खाएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु