एमाले केन्द्रीय सदस्य एवं होमस्टे अभियान्ता भीम केसीलाई पितृशोक

काठमाडौं, ११ चैत / नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं नेपालका होमस्टे अभियान्ता भीमबहादुर केसीलाई पितृ शोक परेको छ । नेता केसीका पीता झनकबहादुर खत्रीको गए राती निधन भएको हो ।
बिक्रम सम्बत १९९८ साल बैशाख १७ गते पर्वतमा जन्मिएका खत्री केहि वर्षदेखि अशक्त र विरामी भई उपचार गराउँदै आएको परिवार श्रोतले जानकारी दिएको छ । स्वर्गीय झनकबहादुर खत्री आफ्ना दुई भाई छोराहरुमध्ये जेष्ठ सुपुत्र एमाले नेता एवं होमस्टे अभियान्ता होमस्टे महासंघका पूर्व अध्यक्ष भीमबहादुर केसीसँग काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ नम्बर वडामा बस्दै आएका थिए ।
नेता भीमहादुर केसीका पीता झनकबहादुर खत्रीको निधनमा शोक सन्देशहरु प्राप्त भईरहेको छ भने उनको आजै विधिवत रुपमा आर्यघाटमा दाहसंस्कार सम्पन्न गरिएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस