नेपालमा पनि विश्व क्षयरोग दिवस मनाइँदै

तातोखबर, काठमाडौं / नेपालमा पनि आइतबार विश्व क्षयरोग दिवस मनाइँदैछ। ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ नारासहित यस बर्ष क्षयरोग दिवस मनाउन लागिएको छ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइन्छ।
नेपालमा अझै पनि ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर छन् । त्यसकारण क्षयरोग नियन्त्रणका लागि चुनौती रहेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार बिरामी थपिने गरेका छन्। उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका केन्द्रले जनाएको छ ।
हाल क्षयरोग नियन्त्रणका लागि १२५ स्थानीय तहमा परीक्षण तथा खोज कार्यक्रम सञ्चालन गरिएको छ। क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका र बाँकी २८ प्रतिशत विभिन्न अङ्गका छन्। केन्द्रका अनुसार उपचारमा रहेका बिरामीमध्ये ६८ प्रतिशत बिरामी मधेश, बागमती र लुम्बिनी प्रदेशका छन्।
सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने र २०५० सम्म उन्मूलन गर्ने लक्ष्य नेपाल सरकारले लिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस