वीरगञ्जमा करिब १२ किलो चरेशसहित २ जना पक्राउ

तातोखबर, पर्सा / वीरगञ्ज महानगरपालिका-८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट प्रहरीले करिब १२ किलो २४० ग्राम लागुऔषध चरेशसहित २ जना भारतीयलाई पक्राउ गरेको छ ।

प्रहरीले भारतको विमान थाना जमुवजारी ग्राम डुमरा बस्ने २२ वर्षीय आरिफ रजासमेत २ जनालाई चरेशसहित शुक्रवार दिउँसो पक्राउ गरेको हो ।

Advertisement:

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त गेष्ट हाउसको खानतलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :