महरालाई आज हाजिरी जमानीमा छाड्ने तयारी

krishna-bahadur-mahara

तातोखबर / पूर्व सभामुख तथा नेकपा माओवादी (केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई आज हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ।

बुधबार र  बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार आज कार्यालय खुलेपछि हाजिरी जमानीमा छाड्ने या म्याद थप गर्ने बारे निर्णय हुनेछ। यद्यपि उनको स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छाड्ने तयारी भएको उनले बताए ।

Advertisement:krishna-bahadur-mahara

उनलाई बयानपछि नर्भिक अस्पतालमै भर्ना गरिएको छ । बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गर्ने क्रम दुई दिन सम्म जारी रहयो। बयानका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतले जनाए।

स्वास्थ्य अवस्था कमजोर रहेकाले पनि अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न लागिएको छ ।

गत चैत ५ गते कपिलवस्तुको पकडीबाट रोल्पा जाँदै गर्दा उनि पक्राउ परेका थिए । महरामाथि गत बुधबारदेखि बयान लिन सुरु गरिएको थियो।   उनलाई चैत ५ मै काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो ।अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा उनि भर्ना भएका थिए ।

गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम पनि जोडिएको थियो।  सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परेर हाल पुर्पक्षका लागि थुनामा छन्।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठन भएको सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले घटनामा संलग्न रहेको भन्दै महराविरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही सिफारिसपछि उनलाई सिआइबीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application