पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन आजदेखि सुरु

Mahila_Nyadhsh

तातोखबर, काठमाडौं /  नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ।

राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको हिमालय होटल कुपन्डोलमा शुक्रबारदेखि बिहान ९ बजे प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।

Advertisement:Mahila_Nyadhsh

सर्वोच्च अदालतका न्यायाधीश तथा समाज नेपालमा अध्यक्ष सपना प्रधान मल्लले महिला न्यायाधीशको समस्या, चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिइन् ।

उनले न्याय क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता वृद्धिलगायत समग्र विषयमा छलफल गर्न जानकारी दिइन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायिक समुदायभित्र सहयोग, सशक्तीकरण र वकालतको अनुभव, विचार आदानप्रदान गर्नुका साथै न्यायिक क्षेत्रमा काम गर्ने महिलाबीच एकता र सञ्जाल निर्माण, नेतृत्व विकास र सशक्तीकरणलगायतको विषयमा छुट्टाछुट्टै कार्यशाला हुनेछ।

नेपालमा सर्वोच्च अदालतसहित ४३ महिला न्यायाधीश रहेका छन्। तीमध्ये सर्वोच्च अदालतमा तीन, उच्च अदालतमा मुख्य न्यायाधीश एक र न्यायाधीश २१, जिल्ला न्यायाधीश १८ गरी ४३ जना रहेका छन्।

सम्मेलनमा महिला न्यायाधीशसहित न्याय सेवा, कानुन सेवा र सरकारी वकिल महिलाको सहभागिता हुनेछ। सम्मेलनले समापनमा घोषणापत्र जारी गर्नेछ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application