दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ
तातोखबर, नयाँ दिल्ली / भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको छ ।
मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केजरीवाल पक्राउविरुद्ध उनको आमआदमी पार्टी सर्वोच्च अदालत पुगेको छ । लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ । केजरीवाललाई पक्राउ गरेपछि उनको निवास बाहिर नेता-कार्यकर्ताले नाराबाजी गरेका थिए । उनलाई मदिरा घोटाला प्रकरणमा करिब १०० करोड भारतीय रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।
भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रोपटक हो । यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

