प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्प अब चौबीसै घण्टा खुल्ने

तातोखबर, काठमाडौं / नेपाल प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्पहरु अब चौबीसै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् ।
उपप्रधानमन्त्री लामिछानेले पेट्रोलपम्प चौबीसै घण्टा खुला गर्न निर्देशन दिएसँगै आजैदेखि पम्पहरू खुला रहने नेपाल प्रहरीका केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ । गृहमन्त्रीले २४सैँ घण्टा खुला गर्न आदेश दिए सँगै पेट्रोलपम्प पम्प खुल्ला गरिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।
यसअघि प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्पहरू बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालित हुँदै आएका थिए ।
गृहमन्त्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई पनि चौबीसै घण्टा खुलाउन निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस