मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं / मानव बेचबिखन तथा गठी गरेको अभियोगमा प्रहरीले पोखराबाट एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी कावासेती नगरपालिका–८ ठेगाना भई कास्की पोखरा महानगरपालिका–६ बस्ने ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्री रहेका छन् ।
पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई झुक्यानमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गरेको अभियोगमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका–१७ दुधपाटीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, क्षेत्रीले आफू अविवाहित रहेको भनी पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई बिहे गरेको थिए ।
मृगौलाको उपचार गर्ने डाक्टर चिनेको भन्दै बुटवल लगि आफ्नै साथीलाई देखाई झुक्याएर उपचारको लागि ७० लाख भन्दा बढि पैसा जम्मा गरेको भनी झुठो कुरा बताई उपचारको लागि थप पैसा झिकाउन लगाई पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेको तथा उपचारको व्यवस्था मिलाउन भनी झुठो बहाना बनाई बेचबिखन गर्ने उद्देश्यले नेपालको सीमा नजिक भारतको बजारसम्म लगेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
पक्राउ परेका उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद अनुमति लिई उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस