महराको बयान आज पनि जारी, म्याद थपका लागि अदालत लगिँदै

तातोखबर, काठमाडौं / सुन तस्करी प्रकरणमा पक्राउ परेका पुर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको चार दिनको म्याद आज सकिँदैछ ।
महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी सीआइबीले गरेको छ। यसअघि हिजोदेखि सरकारी वकिलसमक्ष महराको बयान सुरु भएको छ। बयानका लागि हिजो सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएका महराको आज पनि बयान जारी रहने छ ।
सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका हुन् । उनी हिजो बिहान बयानका लागि अस्पतालबाट निस्किएका थिए भने बयान सकेर पुनः नर्भिक अस्पतालमै भर्ना हुन पुगेका थिए । काठमाडौं जिल्ला अदालतले महरा बिरामी रहेको भन्दै अस्पतालमा राख्न आदेश दिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस