भारतमा हुने फ्रेन्डसिप कप र आयरल्याण्डविरुद्धको खेलका लागि क्रिकेट टोलीको घोषणा

तातोखबर, काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा आयोजना गर्न लागेको आयरल्यान्ड ‘ए’ विरुद्ध र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज (बुधवार) नेपाली टोलीको घोषणा गरेको छ।
क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो।
तीव्र गतिका बलर आकाश चन्द यसपटकको राष्ट्रिय टोलीमा समावेश भएका छन्। यस पटक नेपाली टोलीमा ५ जना तीव्र गतिका बलर परेका छन्।
राष्ट्रिय टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, प्रतिश जिसी, अविनाश बोहरा र आकाश चन्द रहेका छन्।
नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही चैत १२ र १३ गते (मार्च २४ र २५ तारिख) टी–२० खेल्दै छ ।
त्यसपछि नेपाली टोली भारत तर्फ जानेछ । त्यहाँ नेपाल, बरोडा र गुजरात क्रिकेट संघको टोलीबीच चैत १८ गतेदेखि चैत २५ गते (मार्च ३१ देखि अप्रिल ७) सम्म एसएमएस फ्रेन्डसिप कप हुनेछ ।
भारतमा नेपालले पहिलो खेल यही चैत १८ गते (मार्च ३१) गुजरातसँग खेल्नेछ भने दोस्रो खेल चैत २० गते (अप्रिल २) बरोडासँग खेल्नेछ ।
नेपालले आफ्नो तेस्रो खेल चैत २१ गते (अप्रिल ३) गुजरातसँग खेल्नेछ। सिरिजको अन्तिम खेल नेपालले चैत २३ गते (अप्रिल ५) बरोडासँग खेल्नेछ ।
लिग चरणमा प्रत्येक टोलीले अर्को टोलीसँग २ खेल खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल चैत २५ गते (अप्रिल ७) हुनेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस